राप्तीका विद्यालयमा तामाङ भाषामा पढाइ हुने
चितवन | जेठ १७, २०८१
चितवन: चितवनको राप्ती नगरपालिकाका विद्यालयमा अब तामाङ भाषामा पनि पढाइ हुने भएको छ । यही शैक्षिक सत्रदेखि नगरभित्रका तामाङ विद्यार्थीको बाहुल्यता रहेका विद्यालयमा तामाङ भाषामा पढाइ हुने भएको हो ।
नगरपालिका प्रमुख शमशेर लामाका अनुसार कक्षा सञ्चालन तयारी गर्न शिक्षकका लागि आजदेखि मातृभाषामा पढाइको तालिम दिन थालिएको छ । तामाङ विद्यार्थीको बाहुल्यता रहेका विद्यालयमा तामाङ तथा गैर तामाङ समुदायका शिक्षकलाई मातृभाषाको तालिम दिन थालिएको नगर प्रमुख लामाले जानकारी दिनुभयो ।
नगरभित्र तामाङ समुदायको बाहुल्यता भएका वडामा भाषाको समस्या भएकाले पठन पाठनमा सहज बनाउन तामाङ भाषामा कक्षा सञ्चालन गर्न लागिएको नगर प्रमुख लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “भाषाको समस्याले बालबालिकालाई पठनपाठनमा समस्या हुँदै आएको छ । कतीपय बालबालिकाले नेपाली भाषा राम्रोसँग बुझ्दैनन् । सिकाइमा प्रभावकारीता ल्याउन तामाङ भाषामा कक्षा सञ्चालन गर्न लागिएको हो ।”
यसअघि राती नगरपालिका र नेपाल तामाङ घेदुङ राप्तीको संयोजनमा तामाङ समुदायको स्थानीय भाषा नीति तथा मातृभाषा सम्बन्धी अन्तरक्रियासमेत गरिएको थियो । लोप हुँदै गएको तामाङ भाषा संरक्षण र तामाङ विद्यार्थीमा देखिएको भाषागत समस्याको समाधानलगायतका विषयमा नगरपालिकाभित्र रहेका विद्यालयका प्रधानाध्यापक, जनप्रतिनिधि, विभिन्न शाखा प्रमुख, शिक्षा समिति, विभिन्न सङ्घ संस्था तथा समाजिक व्यक्तिहरुसँग छलफल गरिएको नगर प्रमुख लामाले बताउनुभयो ।
सुरुआतमा कक्षा १ मा तामाङ भाषामा पढाइ हुने नगारपालिकाले जनाएको छ । चालू शैक्षिक सत्रमा १० विद्यालयमा तामाङ भाषाको कक्षा सञ्चालन गरिने छ । आगामी शैक्षिक सत्रदेखि चेपाङको बाहुल्यता रहेका विद्यालयमा चेपाङ भाषाको कक्षा पनि सञ्चालन गरिने बताइएको छ । राप्ती नगरपालिकामा ४९ सामुदायिक विद्यालय छन् ।
अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले...
म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ। वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्यो। दोस्रो हाफको सुरुवाती चार म...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...

